बलिउड अभिनेता गोविन्दा भन्छन्, ‘बलिउड अहिले ४–५ जना व्यक्तिको कब्जामा छ’
बलिउडमा फिल्मको अभिनेता बन्न त्यति सजिलो छैन । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि अहिले नेपोटिजमको बहस चर्किरहेको छ । यस्तैमा बलिउड अभिनेता गोविन्दाले पनि फिल्म क्षेत्रमा आउँन निकै संघर्ष गर्नुपरेको बताएका छन् । उनले आफुल फिल्म क्षेत्रमा आउनका लागि कडा परिश्रम गर्नुपरेको बताएका छन् । उनले भनेका छन् माता–पिता कलाकार नै भए पनि आफूले नमिठो अनुभव बोकेको बताएका छन् ।
उनले एक मिडियाको अन्तरवार्ताका क्रममा भनेकाछन् , ‘मैले निर्मातालाई भेट्न घण्टौँ कुरेको छु ।’ उनले बलिउडमा ग्रुपिजम नै जमिरहेको भन्दै यो हट्न आवश्यक रहेको बताएका छन् । गोवन्दा भन्छन्, ‘बलिउड अहिले ४–५ जना व्यक्तिको कब्जामा रहेको छ । उनीहरूले जे चाह्यो, त्यही हुन्छ । फिल्म रिलिज हुन दिने वा नदिने पनि उनीहरूले नै निर्णय लिन्छन् ।’
प्रतिक्रिया