राजेश हमालका भाईको निधन


अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । उनको नयाँ दिल्लीमा कलेजोको समस्याका कारण उपचारको क्रममा निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बताएको छ । राकेशका श्रीमती र दुई छोराछोरी रहेका छन् । राकेश फिल्म क्षेत्र भन्दा बाहिर थिए । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।