वर्षा र संजोगको १० बर्षे यात्रा
नेपाली फिल्ममा जोडीको कुरा गर्दा, कसको नाम आउँछ । कसलाई दर्शकले मन पराउँछन् भनेर कुरा गर्दा, अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको नाम आउँछ । संजोग र वर्षाले मित्रता, प्रेम र बिहेसम्मको हिडाई हिडेका छन् । संजोग र वर्षाको भेट भएको १० बर्ष भएछ । १० बर्ष अघि आजैको दिनमा भेटेका संजोग र वर्षाले अहिले सुख र दुखमा साथ दिएर वैवाहिक जीवन बिताइरहेका छन् ।
लकडाउनको बेलामा वर्षाले बोलेको राष्ट्रियताको बिषयलाई लिएर बबाल हुँदा संजोग मैदानमा उत्रिए । वर्षाको बचाउमा उनले बोलेको शब्द युटुबमा हेर्दा पनि हुन्छ । संजोग पाएर वर्षा खुशी छिन् । संजोग वर्षा पाएर झनै खुशी छन् । दुबै जनाको मित्रता सुरु भएको १० बर्ष भयो । वर्षा र संजोगले आउने दिनमा पनि सुख र दुखमा यस्तै साथ एक अर्कालाई दिउन् । एक दशक लामो हिडाइमा आइडल जोडी बनेका छन् वर्षा र संजोग । आखिर, माया त माया नै हो नी ।
प्रतिक्रिया