साम्राज्ञीको आमाको व्यक्तिगत कुरा किन ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भूवन केसी विवाद पोखिरहेको छ । सत्य २ लाई थाहा छ । विवादमा साम्राज्ञी बोल्न छाडेकी छिन् । भूवनले कुरा राखिसकेका थिए । अहिले, केही युटुबहरुमा भूवनको र साम्राज्ञीको विवादमा नयाँ कुरा आयो । कुरा अनुसार, साम्राज्ञीले फिल्मको छायांकनमा गाँजा खान्थिन्, आमाको चर्चा पनि भयो । छायांकनको क्रममा धेरै कुरा व्यक्तिगत हुन्छन् ।
व्यक्तिको गोपनियता पनि हुन्छ । तर, साम्राज्ञी र उनको आमाको व्यक्तिगत कुरालाई यो विवादमा तान्नु राम्रो होला र ? यो विवाद साम्राज्ञी र भूवनको हो । त्यो पनि उनीहरुको व्यक्तिगत होइन, व्यवसायिक हो । तर, दुबै जना एक अर्काको क्यारेक्टर गिराउन लागे भने फिल्ममा काम गर्ने वातावरण कसरी बन्छ होला ? यसमा पनि साम्राज्ञीको आमालाई मुछ्नु गलत होइन र ?
यो फिल्ममा प्रोडक्शन कन्ट्रोलर गणेश सापकोटाले गरेको कुराले के कुरा देखाउन खोजिदैछ । फिल्म क्षेत्र कस्तो छ भनेर पुष्टी गर्न खोजेका छौ । यसै त फिल्म क्षेत्र बदनाम हुँदैछ, झन् यस्तो कुराले फाइदा होला र ? व्यवसायिक विवादलाई व्यक्तिगतमा परिणत गर्दा फाइदा हुँुदैन । भूवन केसी जस्ता कलाकारले अब फिल्म क्षेत्र चलायमान बनाउने कसरी भनेर बहस गर्दा बेस होला ?
प्रतिक्रिया