शाहरुखले छोपे प्लाष्टिकले आफ्नो घर

बलिउड अभिनेता शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेपछि उनको घरको तस्विर भाइरल भएको छ । कोरोना भाइरसबाट बचाउनका लागि शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले बेरेको भन्दै धेरैले कुरा काट्न थालेका छन् ।उनले आफ्नो पाँच तले अफिसलाई कोरोनाका बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । उनले कोरोनाभाइरसको संक्रमणको शुरुवात भएदेखी नै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

उनी मन्नतमा आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित बस्ने गर्छन् । उनले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेको भारतिय मिडियामा जनाइएको छ । उनले घरलाई कोरोनाको डरले नभई वर्षाको डरले छापेको बताइएको छ । भारतमा कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । बोरोनाभाइरसको संक्रमण अहिले बलिउडका कलाकारहरुमा पनि देखिएको छ । केहि एक साताअघि बलिउड महानायक अमिताभ बच्चनका परिवारमा पनि कोरोना संक्रमण देखिएको थियो ।