चलचित्र क्षेत्र चलायमान गर्न हामी कति गम्भिर छौ ?

सरकारले १२० दिनमा लकडाउनको अन्त्य भएको घोषणा गरे लगत्तै अभिनेत्री पुजा शर्मालाई एक्सटन कट, लाईट भनेको आवाज सुन्न आतुर भएको छ । उनले केहि दिन अगाडी एक्सन ,कट , लाइट भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन । नभन्दैसरकारले लकडाउनको हिजो राती अन्त्य भएको घोषणा पनि गर्यो ।

तर पुजा शर्मालाईफिल्म क्षेत्र नखुलकोमा भने बढो चिन्ता लागेको छ । उनले ,‘ वजार खुलिसके,यातायात खुलिसके,सरकारले एक प्रकारले लकडाउनको अन्त्यको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व बर्ग अव चलचित्र क्षेत्र सुचारू गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो ? के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ?’ भन्दै सरकार र फिल्मीकर्मीका नेतृत्वकर्तालाई प्रश्न गरेकी छन् ।

उनले नेपाली चलचित्रले के हामी चलायमान हुन सक्दैन यो गम्भिर प्रश्न हो । आजाव उठाएकी छन् । उनले सबैलाई फिल्मका बारेमा छलफल र बहस गर्न आग्रह गरेकी छन् । उनले भनेकी छन् , ‘ आऔ छलफल बहस गरौ सरकारलाई दवाव दिउ र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्था सहित चलचित्र क्षेत्रलाई चलायमान वनाऔ । ’अभिनेत्री पुजाको कुरालाई केहि चलचित्रकमीहरुले सकरात्मक रुपमा लिएका छन् ।