बलिउड अभिनेता सुशान्तको आत्महत्याको रहस्य खुल्दै
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले नयाँ मोड लिएको छ । उनले डिप्रेशनको औषधी खादै आइरहेका थिए । आत्महत्या गर्नुअगाडी नै उनले औषधी छाडेको प्रहरीले पत्ता लगाएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार उनले आत्महत्या गर्नु केहि दिन देखि औषधि सेवन गरको थिएन ।
दिशा सालियानको मृत्युले सुशान्त निकै दुःखी भएका थिए । दिशा सालियानसँग सुशान्तको नाम बेला बखत उनीसँग जोडिदै आएको थियो । उनी दुखी भएको कुरा र औषधि खान छोडेको कुरा दिशा टैलैन्ट मैनजमेन्ट फर्मको एक कर्मचारीले बताएपछि सुशान्तको आत्महत्यकाको कारण डिप्रेसन भएको अनुमान प्रहरीले गरेको छ ।
सुशान्तका कर्मचारी र घनिष्ठ मित्रहरूका अनुसार नकारात्मक समाचारले उनलाई अत्यन्त नराम्रो प्रभाव पारेको थियो । सुशान्तको केसमा केहि हप्तादेखि भारतिय प्रहरीले अनुसन्धानका साथै कलाकारहरुसँग बयान लिइरहेको छ । सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्टसँग प्रहरीले सोधपुछ गरीरहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
प्रतिक्रिया