अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोनाभाइरसको संक्रमण

बलिउडका कलाकारमा धमाधम कोरोना देखिन थालेको छ । साउथ फिल्मकी चर्चित अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । ऐश्वर्यलाई कोरोना पुष्टि भएको कुरा सामाजिक सञ्जाल माफृत जानकारी दिएकी हुन् । उनी साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी हुन् । उनले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट फिल्ममा डेव्यु गरेकी थिइन ।

अभिनेत्री ऐश्वर्यले सामाजिक सञ्जाल इन्स्टामा लेखेकी छिन्, ‘मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।’ यसअघि बलिउड महानायक अमिताभ बच्चनका परिवार, अनुपम खेरका परिवार, अभिनेत्री रेखा र फराहन अख्तरका सेक्युरिटी गार्डमा पनि कोरोना देखिएपछि बलिउडका कलाकारले धमाधम कोरोना टेष्ट गरिरहेका छन् ।