मख्ख सुरविना

फिल्म रिलिज भएको बेलामा अभिनेत्री सुरविना कार्कीलाई संचारमाध्यमले यती महत्व दिएनन् होला । सुरविना के माया लाग्छ र गीत चर्चामा आएपछि व्यस्त भइन् । कतै पुगेर नाचिन्, कही गएर मेहेन्दी लगाइन् । सुरविना पनि व्यस्ततामा मख्ख भइन् । अन्तरवार्ता दिइरहेकी छिन् । मुम्बइमा बसेर भाग्य चम्काउने आशामा २ बर्षबाट संघर्षमा छिन् ।

संघर्षले सफलता दिएको पनि होइन । नेपालमा पनि दर्शकले विर्सिसकेका छन् ,। तर, अहिले एउटा गीत चल्यो । यो गीत चल्नुमा सुरविना भएर होइन । निशान भट्टराई र एलिना चौहानको स्वर, संगीत र शब्दको मिठास । गीत यसैले चल्यो । भिडियो नबनाई अडियो मात्र फ्याकेको भए पनि गीत चल्थ्यो नै । सुरविना अहिले मख्ख छिन् । संचारमाध्यमबाट आउने दैनिक फोन, फोटोसुटमा व्यस्तताले मख्ख पार्छ पनि । तर, दर्शकमाझ चिनिन अझै बाँकी छ । यसैमा मख्ख परे त भोली गाह्रो पर्छ ।