के अनमोल भूवन–साम्राज्ञी विवाद सुनिरहेका छन् ?

अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद सकिएला कि भन्यो, सकिदैन त । फेरि भूवन केसीको फिल्म ड्रिम्सका प्रोडक्शन म्यानेजर भएर काम गरेका गणेश सापकोटाले साम्राज्ञीको व्यक्तिगत कुरा गरिदिएपछि विवाद चर्किएको छ । भूवन र साम्राज्ञीको विवादमा अभिनेता अनमोल केसी मौन देखिए ।

उनले बोलेका छैनन् । उनी बोल्नु ठिक हुदैन भनेर पनि नबोलेको हुनपर्छ । अनमोललाई विज्ञापनमा काम गरेर फुर्सद पनि नहोला । तर, अनमोल यो विवादमा नजोडिददा उनलाई नै फाइदा पनि होला । अनमोल नबोलेपनि सुनिरहेका छन् । अनमोलले इन्स्टाग्राममा मौन भएर सुन, यसले धेरै कुरा बोलिरहेको हुन्छ । अनमोलले यो संकेत साम्राज्ञी र पिता भूवन केसीको विवादतर्फ संकेत गरेका हुन् कि ?