विवादमा सोफिया थापाको तीज गीत

सोफिया थापाको नयाँ तीजगीत बजारमा ल्याएको गीत दुई दिनमा नै विवादमा तानिएको छ । । उनले ‘अवको तीज नो ब्रत प्लीज’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । गीतको कमेन्टमा नकरात्मक प्रतिक्रिया आइरहेका छन् भने हिन्दुसंघ संस्थाले युट्युवबाट गीत हटाउन अनुरोध गरेको छ ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा हिजो (सोमबार) जारी भएको विज्ञप्तिमा ६ गते मंगलबारसम्म गीत नहटाए विरोधका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । सोफिया आफैले यस गीतको शब्द संगीत गर्दै गीतलाई गाएकी हुन् । गीतमा अवको तीजमा ब्रत पनि नबस्ने र खुट्टाको पानी पनि नखाने जस्ता शब्दहरु रहेका छन् । अवको जमानामा महिला पुरुष बराबरी छन् भन्ने खाल्का सन्देश गीतबाट दिन खोजिएको छ ।

गीतको भिडियोमा मेनुका थापा, पुजा गहतराज,अनिषा गौतम,बबिता धिताल ,प्रियंका थापा,सारादा थापा,रजनी केसी, खेमेन्द्र थापा,खुस्बु थापा, गर्गी थापा,अग्रिम पण्डितको अभिनय रहेको छ । भिडियोमा नृत्य निर्देशन लोकेन्द्र शाहको छ भने गीतको भिडियोलाई हाइलाइट नेपालबाट अपलोड गरिएको छ । गीतको एरेन्ज गोविन्द मधुर आचार्यको छ भने मनिष पन्थको निर्देशन रहेको छ । गीतको छायाँङ्कन सम्पादन पनि आफैले गरेका छन् ।