राजेशले सम्झिए झापामा महिलाहरुले आफुलाई ‘भगवान’ मानेर पुजेको

अभिनेता राजेश हमाल पछिल्लो समय विवादमा मुछिएका छन् । उनी विवादमा आएपछि केहि सञ्चारमाध्यमलाई अन्तरवार्ता पनि दिइरहेका छन् । एपिवान टेलिभिजनको एक अन्तरवार्तामा उनी निकै भावुक बने । उनले भावुक हुदैँ भने,‘आफु हलिउड बलिउड सबै चिनेको उतै तिर मन लगाएको भए आज नेपालीपन ममा आउने थिएन । तर मेरो उदेश्य भनेको नेपालीपन कै फिल्म खेल्ने थियो । त्यो मैले पुरा गरे । ’

अन्तरवार्तामा उनले नेपालीपनमा आफुलाई रमाउन मन लाग्ने भएकाले गर्दा नै नेपाली दर्शकले मलाई नेपाली दर्शकले रुचाएको बताए । एपिवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रममा टीकाराम यात्रीसँगको कुराकानीमा यो विषय उनले बताएका हुन् । उनलाई पत्रकारले तपाई एक पटक झापाको कुरा गर्दै हुनुहुन्थ्यो नि ?भन्दै प्रशंंग कोट्याएका थिए ।

राजेश हमालले हाँस्दै भने, ‘एक पटक फिल्मको सुटिङमा झापामा १०,१५ दिनको बसाई भएको थियो । त्यहाँ राजेश हमाल बसेको छ रे भन्ने धेरैले सुन्नु भएको रहेछ । लक्ष्मी पुजाको दिन थियो  या के पर्व थियो । त्यहाँका महिलाले भगवान कृष्ण, राम लगायतको फोटो सहितको थालीमा मेरो पनि फोटो राखेर पुजा गर्नुभएको थियो । उहाँहरु आउनु भएको थियो । दर्शकले उचालेर भगवान बनाइदिनुहुन्छ भने कसैले के बनाइदिनुहुन्छ तर म विश्वास छु । म त भगवान त होइन नी । ’