सोनम कपुर देखि आलिया भट्टसम्म साइबर बुलिङविरुद्ध एकजुट
पछिल्लो समयमा बलिउडका धेरै सेलिब्रिटी साइबर बुलिङको सिकार भएका छन् । सुशान्तको आत्महत्यापछि बलिउडका कलाकारमाथी धेरे साइबर बुलिङका घटना भएको हो । अभिनेत्रीलाई बलात्कार, एसिड एट्याक ,लगायतका ट्रोलरहरुले धम्की दिएको घटना बाहिर आइरहेका छन् । यसरी ट्रोलर तथा अन्यबाट यस्तो धम्की आउन थालेपछि बलिउडका कलाकारहरु साइबर बुलिङविरुद्ध एकजुट हुन थालेका छन् ।
साइबर बुलिङ बिरुद्ध दिया मिर्जा, कोंकणा सेन शर्मा, सोनम कपुर, कल्की लगायत दर्जनौ कलाकारले आवाज उठाउन थालेका छन् । उनीहरु अन्य कलाकारहरुलाई पनि साइबर बुलिङविरुद्ध लाग्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै सोनम कपुरल लेखेकी छन्, ‘अब अति भयो, अब यस्ता व्यक्तिविरुद्ध उभिने समय आएको छ जो सधैं अनलाइनमा महिलालाई ट्रोल गर्छन्, दुःख दिन्छन् र गाली गर्छन्।’
उनको ट्वीटलाई धेरे कलाकारहरुले समथएन जनाएका छन् । उनको ट्वीटमा थप लेख्दै । ‘इन्डिया एगेन्स्ट एब्युज’सँग जोडिन लागेको समेत जनाउ दिएकी छन् । लकडाउनको समयमा सोनम कपुर देखि लिएर आलिया भट्टसम्मका कलाकारहरुलाई ट्रोलको सिकार बनाइएको थियो । विस्तारै उनीहरुको जमातमा अन्य कलाकारहरु बोलन थालेको भारतिय सञ्जार माध्यमहरुले जनाएका छन् । अभिनेता भन्दा धेरै ट्रोलको सिकार अभिनेत्रीहरु परेका छन् । सुशान्तको हत्या पछि सुशान्तसँग नाम जोडिएका अभिनेत्रीहरु साइबर बुलिङको सिकारमा परेका थिए । साथै अहिले पनि परिरहेका छन् ।
प्रतिक्रिया