राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको चलचित्रकर्मीद्धारा स्वागत
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको चलचित्रकर्मीले स्वागत गरेका छन् । उनीहरुले आफ्नो मागका अधिकाँश बुँदा सम्बोधन भएको भन्दै मौन्द्रिक नीतिको स्वागत गरेका हुन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले राष्ट्र बैकले फिल्मी क्षेत्रलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएको भन्दै खुसी व्यत्त गरेका छन् ।
चलचित्र निर्मातासंघले लकडाउन अवधीमा तिर्नुपर्ने ब्याजको ५० प्रतिशत छुटेका लागि राष्ट्रबैकमा ज्ञापन पत्र बुझाएको थियो । तर उनीहरुको यो माग पुरा भएको छैन । यो बाहेक अन्य मागहरु पुरा भएको भन्दै खुसी ब्यक्त गरेका हुन् । निर्मातासंघले , लक डाउनको अवधीमा तिनुपर्ने ब्याजमा ५० प्रतिशत छुटको माग गरेको थियो । यो माग सम्बोधन नभएकोले यसका लागि प्रक्रिया अगाडि बढाउने बताइने निर्माता संघले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा ‘कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएको कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरि कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुर्नतालिकिरकणको व्यवस्था गरिनेछ ।’
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट निर्मातालाई खासै फाइदा भएको छैन भने हलवालाहरुलाई भने फाइदा भएको छ । यसले गर्दा पनि चलचित्र केहि चलायमान हुन सक्ने निर्मातासंघको विश्वास छ ।
प्रतिक्रिया