विरामी श्रीमतीलाई मेहन्दी लगाइदिँदै प्रमोद खरेल

गायक प्रमोद खरेलको एउटा तस्विरले अहिले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । लकडाउनका कारण घरमा नै बसिरहेका प्रमोदले सुत्केरी श्रीमतीलाई मेहन्दी लगाएको तस्विर सार्वजनिक गरेपछि उनको तारिफले सामाजिक सञ्जाल भरिएको हो ।

गएको असार ३ गते छोरीका बाबु बनेका प्रमोदले अस्पतालमा नै श्रीमतीको जन्मदिन र आफ्नो एनिभर्सरी अस्पतालमै मनाएका थिए ।साउनको समयमा उनले श्रीमतीका साथै आफ्ना परिवारलाई मेहेन्दी लगाइदिएका छन् । मेहन्दी लगाएको तस्विर सामाजिक सञ्जाललमा पोष्ट गरेपछि धेरैले श्रीमतीलाई माया गर्ने प्रमोद खरेल भनेर तारिफ गरिरहेका छन् ।