अभिनेता सुधांशु र अभिनेत्री उषा पौडेल छुटिए
अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा बस्दै आएका उनीहरुले २०७३ सालमा विवाह गरेको थियो । ४ महिना प्रेम सम्बन्ध हुदै विवाहमा बाँधिएका थिए । उनीहरु ६ महिना अगाडी देखि अलग अलग बस्दै आइरहेका छन् ।
अमेरिकाको भर्जिनियामा बस्दै आएका उनीहरुको जोडी अलग भएपछि अभिनेत्री उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छन् ।
उनीहरुको विावह बन्धन टुट्नुमा मुख्य कारण विवाह दर्ता नगर्नुको कारण बुझिएको छ । उषाले श्रीमानलाई विवाह दर्ताका लागि आग्रह गर्दा नमानेपछि उनीहरुबीच खटपट सुरुभएको हो । उनीहरु बीचको खटपट भएको कारण केहि समय अगाडीसम्म हल्ला थियो । अभिनेत्री उषाको जन्मदिनमा सुधांशुले ‘बर्थडे विस’ नगरेपछि उनीहरुबीचको दरार बाहिर आएको हो । उनीहरु अलग बस्दै आइरहे पनि डिभोर्स भए नभएको बारेमा जानकारी बाहिर आएको छैन ।
प्रतिक्रिया