रणवीर कपुर जस्तै देखिने कलाकारको निधन

बलिउड अभिनेता ऋषि कपुरका छोरा रणवीर कपुर  जस्तै अनुहार भएका कलाकारको निधन भएको छ । कश्मिरीका मोडल समेत रहेका जुनैद शाहको २८ बर्षको उमेरका निधन भएको हो । बुवा बिमारी हुनुहन्छ भन्दै मुम्बईबाट उनी कश्मिर आफ्नो बुवाको रेखदेखका लागि गएका थिए । उनी घर गएको केहि हप्तामा नै उनको निधन भएको हो ।

मोडल जुनैद कार्डियक अरेस्टका कारण निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएको छ । बलिउड अभिनेता ऋषि कपुरले छोरा  रणवीर जस्तै देखिने जुनैदको तस्विर ट्वीटरमा राख्दै लेखेका थिए ,‘हे भगवान ! मेरो छोराजस्तै देखिने कोही रहेछ । यो साँच्चै दुरुस्तै रणवीरजस्तो छ ।’ उनीहरु बीचसँगे उभिँदा पनि दुरुस्तै देखिन्थे । अव भने रणवीर एक्ला भएका छन् ।