पारमिता सवार गाडीका हत्या आरोपी चालक ५लाख धरौटीमा रिहा

मोडल तथा नायिका पारमिता आरएल राणा समेत रहेको गाडीले हानेर एक व्यक्तिको मृत्यु भएको केसमा आरोपीलाई सर्बोच्च अदालतले धरौटीमा छोडेको छ ।

फुटपाथमा हिडीरहेकी एक महिला लीला देवकोटालाई मादकपदार्थ सेवन गरी सवारी चलाइरहेका गरेका सवारी चालक पृथ्वी मल्लले गाडीले हानेर मारेका थिए । उनलाई पांच लाख धरौटीमा अदालतले छोडेको हो । उनमा मानसिक समस्या र दम भएको कारण देखाउदै अदालतले छोड्ने निर्णय गरेकोमा उक्त निर्णय शुक्रबार कार्यन्वयन भएको छ । उनी विरुद्ध प्रसस्त प्रमाणलाई अनदेखा गर्दै न्यायधिसद्वय सपना मल्ल र डाक्टर मनोज कुमार शर्माको इजलासले छोड्ने आदेश दिएको हो ।