सरोज र आश्मा ‘पिरतीको गुन्द्री’मा बेरिएपछि

गायक डेभिड शंकर र विनि श्रेष्ठको आवाजमा गीत ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । गीतमा पिरतीको कुरालाई गुन्द्रीसँग तुलना गरिएको छ । गीतमा बिष्णु बिरही श्रेष्ठको शब्द र दिपकराज विश्वकर्माको संगीत रहेको छ ।

यस गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । युवराज वाईवाको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाकन गरेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।