जन्मदिनको दिन ऋचाले भनिन्,‘गल्ती हुँदा क्षमा दिनु है’
अभिनेत्री ऋचा शर्माले आफ्नो जन्मदिनमा सबैलाई धन्यबाद दिएकी छन् । उनले लामो एक स्टाटस लेख्दै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यबाद भन्दै आभार व्यक्त गरिन् । उनले लेखेकी छन् , ‘जन्म र मृत्यु एउटा असीम सत्य । यो बीचको भावानात्मक सम्बन्धले जीवन रहुनजेल जिउन प्रेरित गर्छ । यस यात्रा बीच तपाईंहरु सम्पूर्णले दिनुभएको शुभेच्छा, आशिर्वाद, हौसला, शिख, प्रेरणा, सुझाव, मार्गदर्शन, माया र साथ प्रति प्रत्येक बर्ष झै कृतग र ऋणी छु ।’
अभिनेत्री ऋचाले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएकी छन् । उनले आफुले अझै धेरै सिक्ने रहेकोले लड्न खोज्दा यसरी नै सधै सम्हालीदिन आग्रह गरेकी छन् । उनले आफु कैत अल्मलिए बाटो देखाइदिन आग्रह गरेकी छन् । उनले केहि भुल भएको खण्डमा क्षमा गरीदिन पनि अनुरोध गरेकी छन । आफ्नो जन्मदिन मनाइरहदा उनले अन्तमा लेखेकी छन् , ‘थोरै यसरी सँगै पीड़ा बाँडौ, थोरै खुलेरसँगै हाँसौ ।’
प्रतिक्रिया