फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न निर्मातासंघको राष्ट्र बैंकसँग माग

गत चैत महिना देखि फिल्म देशभर लागेको लकडाउनका कारण नेपाली फिल्मलाई सबै भन्दा धेरै असर गर्यो । फिल्म चल्दा चल्दै कोरोनाको महामारीका कारण हलमा लागेका फिल्म पनि चल्न सकेन भने रिलिज घोषणा गरिएका फिल्म पनि हलमा लाग्न सकेन । यस संकटको घडिमा अरु व्यवसाय जस्तै फिल्म क्षेत्र पनि प्रभावित भयो । करोडौ लगानी गरेका फिल्म प्रभावित हुने नै भयो । त्यस्तै कति फिल्म छायाँङ्कन हुदाहुदै राक्नु परेको थियो । हलमा चल्न ठिक्क पारिएका फिल्म टेलिभिजन र युट्युवको सहारामा प्रदर्शन गरियो ।

सरकारले सबै क्षेत्रलाई प्रभावित क्षेत्रमा परेको घोषणा गरेता फिल्म क्षेत्रलाई भने प्रभावित भनेर घोषणा गर्न सकेन । सरकारले प्रभावित क्षेत्रमा फिल्मलाई नसमेटेको भन्दै फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीहरुले सरकारसँग माग गरिरहेका छन् । चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघको टोलीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरेर फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् ।

बुधबार निर्माता संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले गर्भनर अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखेर उचित सहयोग गर्दै तत्काल चलयमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, बैंकिङ कर्जा पुर्नतालिका, लकाडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयवधि लकडाउन खुलेपछि ६ महिना थप गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

अरुलाई जस्तै फिल्मलाई पनि कोरोनबाट अतिप्रभावितमा समावेश गर्न आग्रह गर्दै फिल्मलाई ५० प्रतिशत प्रोजेक्ट बैंक कर्जा उपलब्ध गराउन पनि निर्माता संघले राष्ट्र बैंकसँग माग गरेको छ । निर्माता संघको मामा गर्भनर अधिकारीले नेपाली फिल्म क्षेत्रको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिए । उनले निर्मातासंघको मागलाई सकरात्मक तरिकाले लिएको पनि बताएका छन् ।