अमेरिकामा सम्पन्न भयो “ज्युनियर अनलाईन डान्स प्रतियोगिता”, जेनिशा गुरुङ भईन बिजेता

नक्षत्र फाउन्डेसनको आयोजनामा सुरु भएको “ज्युनियर अनलाईन डान्सर प्रतियोगिता” सकिएको छ । गत जुलाई ११ तारिखमा यसको अमेरिकामा अनलाईनकै माध्यमबाट फाईनल सम्पन्न गरिएको हो । प्रतियोगिताको फाईनलमा ४ प्रतिस्पर्धीले आफ्नो प्रतिभा देखाएका थिए । दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा जनिशा गुरुङले प्रथम स्थान हासिल गर्दै बिजेता हुन सफल भएकी छिन् । उनले १५०० अमेरिकन डलर पुरस्कार स्वरूप प्राप्त गरकी छिन् ।
यस्तै आयोजक पक्ष अर्थात् नक्षत्र फाउन्डेसनका अध्यक्ष अर्जुन सुबेदीका अनुसार स्नेहा चेमोरियाले फर्स्ट रनर अप हुँदै १००० अमेरिकन डलर प्राप्त गरिन । त्यस्तै विन्दिया खड्काले सेकेन्ड रनर अप हुँदै ७०० अमेरिकन डलर हासिल गरिन । यस्तै योजना राई भने थर्ड रनर अप हुँदै ४०० अमेरिकन डलर पुरस्कार स्वरूप प्राप्त गरिन । यस कार्यक्रमबाट आफुहरु सबैले निकै हौसला प्राप्त गरेको र दर्शकहरु सबैको प्रतिक्रिया पनि राम्रो रहेको अध्यक्ष सुबेदीले बताए ।
अर्को बर्ष फेरी यहि कार्यक्रमको सिजन २ र अर्को नया कार्यक्रम “लिट्टल भ्वाइस” पनि लिएर आउने प्रतिबद्धता अर्जुन सुबेदीले गरेका छन् । यस्तै उनले आफ्नो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबै सहयोगी हातहरु र विशेष दर्शकहरुलाई उनले धन्यवाद समेत ब्यक्त गरेका छन् । यस्तै यस कार्यक्रमको फाईनल नक्षत्र फाउन्डेसनको अफिसियल फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।