सुशान्तकी प्रेमीका रियालाई आयो ट्रोलरको मार्ने धम्की
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई गाली गलोजका अलवा मार्ने धम्की आउन थालेको छ । सुशान्तको आत्महत्या भएपछि उनी गुमनाम जस्तै भएर बसेकी थिइन । तर उनलाई नै मार्ने धम्की आउन थालेपछि उनले आज मुख खोलेकी छन् ।
आफ्नो विभिन्न नाम दिएर ट्रोलर बनाएको भन्दै आक्रोश पोखेकी छन् । उनले आज ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै सहन नसकेर बोल्य बाध्य भएको बताएकी छन् । मन्नु राउत नामक एक ट्रोलरले पठाएको म्यासेजमा , ‘तिम्रो हत्या र बलात्कार होस् । तिमीले आत्महत्या गर, नत्र म तिमीलाई मार्नका लागि मानिस पठाउँछु ।’ लेखेको पाए पनि रिया आत्तिएकी हुन् ।
ट्रोलरले यस्तो लेखेर पठाएपछि रियाले जवाफ फर्काएकी छन् । उनले ट्रोलरलाई जवाफ दिदै, ‘मलाई मानिसहरुले हत्यारा भन्दा पनि म चुप नै बसेँ । तर, मलाई मार्छु, बलात्कार गर्छु भनेपछि मैले मुख खोलेकी हुँ । के तपाइहरु यसको गम्भिरता वुझ्नु हुन्छ । यो साइबर अपराध हो । म साइबर ब्यूरोसँग अनुरोध गर्छु कि, यो बिषयमा तत्काल एक्सन लिइयोस् ।’
सुशान्त र रियाले जनवरीमा मात्र आफूहरुको प्रेम सार्वजनिक गरेका थिए । तर सुशान्तले आत्महत्या गरेपछि उनी कतै सार्वजनिक भएकी थिइनन् । कहिलेकाँही समाचारमा रिया र निर्देशक महेश भट्टको समेत नाम जोडेर आउने गरेका छन् ।
प्रतिक्रिया