निर्देशक केपीकी ७५ बर्षिय आमालाई कोरोना संक्रमण
नेपाली फिल्मका निर्देशक केपी पाठककी ७५ वर्षीया आमालाई कोरोना संक्रमण भएको छ । बिहिबार कोरोना संक्रमण भएको थाहा भएको हो । आइतबार एक्कासी बिरामी भएकी आमालाई धापासीस्थित ग्राण्ड अस्पतालमा भर्ना गरिएको थियो ।
इमर्जेन्सी वार्डमा भर्ना गरिएकी आमालाई झन् गाह्रो भएपछि आईसियुमा राखिएको थियो । आईसियूमा उपचार गर्दै सोमबार उहाँको स्वाब संकलन गरि कोरोनाको पिसिआर परीक्षण गर्नका लागि पठाइएको थियो । उहाँको रिपोर्ट बिहिबार पोजेटिभ आएपछि पाटन अस्पतालमा लगिएको थियो । अहिले आमालाई आइसियूमै राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया