निश्चल माथि हिलो छ्याप्दै पुराना फिल्मकर्मी

कोरोना भाइरसले सिर्जित फुर्सदको अर्को असर निश्चल बस्नेत माथि परेको छ । आफ्नै तरिकाले घर मै बसेर जीवन व्यतित गरिरहेका बस्नेतको ५बर्ष पहिला युट्युवमा सार्वजनिक भएको अन्तर्वार्ताको एक क्लिप्स भाइरल बनाइदै छ । धमलाको हमला कार्यक्रममा हिमालयन टेलिभिजनमा प्रसारण भएको र युट्युवमा सन् २०१५मा राखिएको भिडियो आज आएर भाइरल भएको छ।

उक्त क्लिप्समा नेपालमा कोही पनि स्टार कलाकार नभएको बताएका छन् । राजेश हमाल, भुवन केसीको नाम मुछेर बोलेको भन्दै अगिल्लो पुस्ताका निर्माता निर्देशकले हिलो छ्याप्न सुरु गरेका छन्।

दीपाश्री निरौलाको स्थिति सामान्य हुन नपाउदै निश्चल माथि कलाकर्मी नै खनिन सुरु गरेका छन् । मौनता श्रेष्ठ, श्याम भट्टराई लगायतले सामाजिक संजाल मै पोष्ट गरेर उनलाई नराम्रो बनाउन लागि परेका छन् ।

पुरै अन्तर्वार्ता नहेर्ने, सानो क्लिप्स भाइरल बनाउने र हिलो छ्यापाछ्याप कैले सम्म ? विवाह अगावैको अन्तर्वार्तालाई लिएर अहिले आएको यस्तो प्रतिक्रियाको के अर्थ ?