फिल्मको पारिश्रमिक अझैँ नपाएको पलको गुनासो

केहि समय अगाडी अभिनेता पल शाहले आफुले पारिश्रमिक नपाएको गुनासो गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले के तपाईले काम गरेको पैसा पाउनुभएको छ भन्दै अरुलाई प्रश्न गरेका थिए । उनले त्यसरी भन्दा पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले एक अनलाईलाई पारिश्रमिक नदिने मानिसले मनमा पाप बोकेर बसेको र उ पापी भएको बताएका छन् ।

उनले मान्छेलाई जतिभने पनि लाज पचाउने बानी परेको बताएका छन् । अहिले मान्छेलाई पारिश्रमिक दिनपर्छ भन्ने नै छैन । उनीहरु लाज पचाएर बसेको तर्क दिएका छन् । पलले भनेका छन् , ‘मनमा घृणा छ, पाप छ उ कहिले पनि सफल हुन सक्दैन ।’ फिल्म ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेका पलले फिल्म भन्दा बढि म्युजिक भिडियोमा सक्रिय रहेका छन् ।