फिल्मकर्मीमाथी गाली गलोज गरिए, साइबर क्राइमको कानूनी उपचार खोजिने
नेपाली चलचित्रसंग सम्बन्धित सात वटा संस्थाले सामाजिक सञ्जालमा हुने गरेको गाली गलोज तथा टीका टिप्पणीलाई लिएर संयुक्त बक्तब्य जारी गरेका छन् । आज उनीहरुले निकालेको बक्तव्यमा चलचित्र क्षेत्र तथा चलचित्रकर्मी लक्षित अमर्यादित गाली गलोज जस्ता आरोपलाई रोक्न अपिल गरिएको छ । उनीहरुल यस्तो गरेको खण्डमा साइबर क्राइमको कानूनी उपचार खोज्ने चेतावनी बताएका छन् । जारि गरिएको बक्तव्यमा भनिएको छ , सबैलाई अभिव्यत्तिः स्वतन्त्रता संविधानले दिएको छ ।
अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्न कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ । यदि कुनै पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा कानूनी पचारमा जानु बाध्यकारी हुन्छ । ’
प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमा मार्फत कारवाहीको कारवाहीको प्रकृया अगाडि बढाउने वक्तव्य मार्फत भनिएको छ । वक्तव्यमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष माधव वाग्ले, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देश समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा नेपाल चलचित्र नृत्य संघका कार्यवहाक अध्यक्ष जनक कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया