कोरोना महामारीकाबीच पनि हुने भो ‘गाईजात्रा विशेष’

अघिल्लो बर्ष झैँ यस बर्षपनि गाईजात्रा विशेष कार्यक्रमले निरन्तरता पाउने भएको छ । कोरोना भाइरसको महामारी, त्रासका बीच पनि हाँस्य कलाकारहरुले गाइजात्रा गर्ने भएका हुन् । तर पोहोर साल भन्दा यस पटकको गाइजात्रा हलमा भने हुने छैन । गाइजात्रा कार्यक्रम सभागृह र प्रज्ञाभवनमा भने देखाइएने छैन । कोरोना भाइरसको त्रासका कारण यो वर्ष विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत गाईजात्रा कार्यक्रम प्रसारण गरिएने भएको छ । कार्यक्रम भने आगामी आगामी साउन १५ गतेदेखि सञ्चालन हुने आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ ।
गाइजात्रा कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रसहितका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।कार्यक्रममा सुरेन्द्र केसी, शिवशंकर रिजाल जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, दीपकआचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईयाँ’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दाहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माले पनि आफ्नो हास्य व्यंग्य प्रस्तुती दिने आयोजक संस्थाले जनाएको छ ।यस बर्ष पहिलो कमेडी च्याम्पियनका हिमेश पन्त, , सुमन काकी ,सुमन कोइराला (दले दाई, खबपु), मेक्सम गौडेल आदिका प्रस्तुति रहने आयोजक संस्थाको भनाईछ ।