दिपकराज गिरीले माफी माग्दै भने, ‘ हामीमाथी साइबर बुलिङ भो ’
निर्देशक दीपाश्री निरौलाले बोलेको महानायकको विषयमा चर्चा परिचर्चा रोकिएको छैन । उनले प्राइम टेलिभिजनमा दिएको अन्तरवार्ताले गर्दा उनलाई गाली गर्ने क्रम रोकिएको छैन । उनको पक्ष र विपक्षका कुराकानी उठिरहेका छन् । दर्शक तथा केहि फिल्मीकर्मीहरुले उनीहरुको विरोध गरिरहेका छन् । यसै विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत आफूहरुमाथी ‘साइबर बुलिङ’ भईरहेको आरोप लगाएका छन । उनले यो विवाद अहिले ट्रेण्डिङमा आइरहेको छ । यो स्वभाविक नभएको बताएका छन् ।
कलाकार दिपकले भने, ‘दर्शकले महानायक राजेश हमालको विषयमा यति धेरै चासो बढेको र समर्थन आएको छ । यति नै समर्थन भएको भए नेपाली फिल्म यो अवस्थामा रहने थिएन । यो भन्दा धेरै माथी नेपाली फिल्म बजार पुग्ने थियो । बर्षमा थोरै मात्र नेपाली किन चल्थ्यो । ’
उनले हिजो साँझ फेसबुक लाइभबाट हामीमाथी दर्शकले भन्दा पनि केहि समुह नै गिराउन लागि परेको आरोप लगाएका छन् । उनले निर्देशक तथा कलाकार दीपाश्रीले एक अन्तवार्तामा गल्ती बोलेको स्वीकार गर्दै माफी माग्दा पनि धर नपाएको गुनासो गरेका छन् । उनले एक ब्राण्डले अर्को ब्राण्डलाई प्रहार भएको बताएका छन् । दीपकराज गिरीले भने , ‘ यतिका समय हुँदा पनि यो विषय शान्त हुन नसक्नुमा आफूहरुको समूहमाथि ‘साइबर बुलिङ’ भईरहेको छ । यस बारेमा आफुले साइबरका साथीहरुसंग सल्लाह गरेको थिए । उनीहरुले नकारात्मक कमेन्टमध्ये ७५ प्रतिशत कमेन्टहरु फेक आइडीबाट गरिएको छ ।’
यति लामो समयससम्म यो विषयमा कुरा किन आइरहन्छ भन्नेमा आफु अनविज्ञ रहेको बताए । ‘विषय सेलाउन थाल्यो फेरी उही कुरा कुरा उठाइन्छ । विभिन्न कमेन्टहरु गरिन्छ । नर्मल मानिसहरुलाई अझै उत्तेजित बनाइन्छ । त्यो कुरा सबैले बुझ्नुपर्छ, उनले भने ।’
‘राजेश हमाल महानायक हो र होइन् भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन् । इण्डष्ट्रिले एउटालाई महानायक मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ । दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो । उहाँले शब्द नै मिलाउन सक्नुभएन् त्यो गल्ती हो । मैले स्टुडियोबाट बाहिर आउँदा खेरि पनि सम्झाएको थिए । उहाँले बाहिर निस्केपछि पनि रियालाइज गर्नुभएको थियो । । तर अन्तरवार्ता लिनेले त्यो शब्द छाँटकाँट गरिदिनुपर्थो या हटाइदिनुपर्थो । त्यो उहँले गर्नु भएन । पछि अन्तरवार्ता प्रसारण भइसकेपछि उहाँले माफी मागीसक्नुभएको छ । त्यसका लागि म पनि माफी माग्छु, दिपकराज गिरीले भने ।’ झन् झन् यो विषय चर्केकोले राजेश हमालसँग आफु छलफल गर्ने समेत बताएका छन् ।
दिपकले भने, ‘हामीले फरक मत राख्न नपाउने , हामीले के किमजोनको सोसाइटी सिर्जना गर्न लागिपरेका छौ । उहाँले राख्नुभयो त्यो हामीले राख्ने विषय थिएन । यस विषयमा हामीले माफी पनि मागिसेका छौ ।’ राम्रा कामका लागि दुइचार जना बसेर सरकारको राम्रो कामको होस् या अन्य कुनै पनि कामको फेकआइडी बनाएर विरोध गरिरहेका छन् । हामी बोल्ने अधिकारको कुरा गरिरहेका छौँ तर बोल्ने भनेर जथाभावी बोल्न त पाइदैन नि । उनले भने ,‘राम्रो र नराम्रो ट्रोल बनाइरहेका छन् । ट्रोल भनेको बनाउन पाइयो म आफै पनि व्यङ्ग्यको मान्छे हो । व्यङ्ग्य गर्न पाइयो । तर बुलिङ गर्न भने पाइएन । उनले साइबर बुलिङ भनेको राम्रो कामलाई छैन छैन छैन भनेर कमेन्ट गरियो भने बुलिङ भनिन्छ । ’
राजेश हमाललाई गाली गर्ने केहि कलाकारहरुले राजेश हमालको सपोर्ट गरेकोमा अचम्म लागेको बताएका छन् । राजेश हमाल सुटिङमा ढिला आयो, यो गर्यो भन्नेहरु नै पछिल्लो समय राजेशको सपोर्टमा लागेको बताएका छन् । त्यस्ता मान्छेहरुले लाज मान्नुपर्ने बताएका छन् । राजेश हमाललाई जीन्दभीभर गाली गर्नेहरुले यसरी सपोर्ट गरेको देख्दा लाज लाग्नुपर्ने बताए ।
‘आफु सडकबाट आएको मान्छे फेरि सडकमा आउन सक्छु । गल्ती गरेको खण्डमा आफु खुट्टा ढोगेर नै माफी माग्छु । यति पनि भएन भने बुवा आमाले जोडिदिएको खेतबारी छ त्यहि गएर काम गर्नेछु , दिपकले भने ।’ दिपकले सबैलाई यसरी मान्छेलाई जवरजस्ती डिप्रेसनमा नधकेल्न आग्रह गरे । अहिले दीपाश्री बोल्न सक्ने अवस्थामा नरहेको समेत बताए । तर यसरी बुलिङ गर्नेसँग आफु नडराउने उनको तर्क छ ।
प्रतिक्रिया