क्यान्सरबाट पिडित दिव्याको निधन

भारतीय कलाकार दिव्या चौस्केको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग लडिरहेको दिब्याले लण्डनमा एक्टिङ क्लास सकेर लकडाउन अगाडी भारत फर्किएकी थिईन् । भारत फर्किएर नयाँ केहि फिल्ममा काम गर्ने सोच बनाएकी दिव्याको सपना अधुरो रहन पुग्यो । दिव्याले इस्टाग्राम एक भावुक कुरा सेयर गर्दै आफु आफु मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेकी थिइन् । दिव्याका भाई अमिस बर्माले फेसबुकमा स्टाटस लेख्दै दिदीको निधन भएको खबर बताएका थिए ।

दिव्याले अन्तिम भावुक यसरी लेखेकी थिइन्, ‘शब्दहरू पर्याप्त छैन म भन्न चाहन्छु । जहाँ त्यहाँ हिप शब्दहरू छन् तर एकदमै थोरै । म हराएको महिनौं भइसक्यो र सन्देशहरूको अधिकता पनि । यो समय मैले तपाईंलाई भन्नुको लागि , म आफ्नो मृत्युको ओछ्यानमा रडिरहेको छु । अहिले म बलियो छु , कुनै संघर्षमा त्यस्तो जीवनको लागि । उनका भावुक शब्दको अन्तिममा लेखेकी छन्, ‘ तपाईं मलाई कत्तिको मतलब गर्नुहुन्छ ? मलाई मतलव गर्नुहुन्छ कि हुन्न त्यो त थाहा छैन । यस विषयमा कि तपाईलाई थाहा छ कि त भगवानलाई ? ’