राजु मास्टरको नक्कली फेसबुक आइडीबाट पैसा माग्ने सक्रिय
कलाकारको नक्कली आइडी बनाएर पैसा कमाउने गिरोह सक्रिय रुपमा नै लागि परेका छन् । पछिल्लो समय ‘हल्का रमाइलो’ सिरियलका निर्देशक तथा कलाकार राजु मास्टरको नक्कली आइडीबाट अरुसँग पैसा मागेको थाहा पाइएको छ । राजु मास्टरको नाममा खोलिएको म्यासेन्जरबाट अर्जुन भन्नेसँग आपतकालिन अवस्था भएकोले १०,१२ हजार देउन भनिएको छ ।
आफ्नो नक्कली आइडी बनाएर अरुले पैसा मागेको थाहा पाएपछि उनले आफ्नो नाममा खोलिएको नक्कली आइडीबाट पैसा माग्ने आफु नभएको बताएका छन् । उनले कसैलाई पनि फेसबुक मार्फत पैसा नमागेको र यसरी मागेमा कसैले नदिन आग्रह गरेका छन् ।
राजुको फेसबुकको नक्कली म्यासेन्जर आइडीबाट अर्जुन भन्नेसँग कुमारी बैकको खातामा पैसा हाल्न भनिएको छ । उक्त बैकमा पैसा हाल्नको लागि नाम जितेन्द्र सिग्देल नाम र कुमारी बैकको खाता दिइएको छ । यसरी नक्कली आइबाट पैसा मागेको प्रति राजु पौडेलले आपत्ति जनाएका छन् । उनले आफुले कसैसँग पैसा नमागेको र नक्कली आइडीबाट पैसा मागेको खण्डमा नदिन सबैमा आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया