सुशान्तको गहिरो प्रेममा मलिना,कहिले होला घरबार
नेपालका केहि कलाकार फिल्ममा गरेको अभिनय भन्दा पनि बढि प्रेमका कारण चर्चामा आउने गरेका छन् । प्रेमकै कारण चर्चामा आइरहने अभिनेत्री हुन अभिनेत्री मलिना जोशी । उनका अभिनय गरेका कुनै पनि फिल्मले गतिलो व्यापार गरेको इतिहास छैन तर उनको प्रेमका कारण चर्चामा भने आइरहन्छिन् । उनलाई फिल्म भन्दा पनि बढि प्रेमकै कारण गसिपका पात्र बन्दै आएकी छन् । पछिल्लो पटक पनि उनी प्रेमकै कारण चर्चामा आएकी छन् । प्रेमी सुशान्त प्रधानको बर्डेमा सुशान्सँगको तस्विर सहित प्रेमका शब्दहरु सामाजिक सञ्जाल इन्स्टामा राखेपछि उनको प्रेमको फेरि एकपटक चर्चा भएको हो ।
धेरै अभिनेत्रीहरुले आफ्ना प्रेमहरु गोप्यरुपमा राख्दै आएका छन् । कतिले त प्रेममा नपरेका नाटक समेत गर्दै आएका छन् तर अभिनेत्री मलिनाले भने खुलम्खुल्ला आफ्नो प्रेमीलाई सार्वजनिक गर्दै आइरहेकी छन् । उनले प्रेमी जिम ट्रेनर सुशान्तको जन्मदिनमा सामाजिक सञ्जालबाट प्रेमिल तस्विर सहित बर्थडे ‘विस’ गर्दै प्रेममिल भाव व्यत्त गरेकी हुन् । इन्स्टाग्राममा सुशान्तसँगको तस्विर पोष्ट गर्दै, ‘ मेरो प्रिय सुपर ह्यूमन, मेरो इच्छा छ कि तिमी त्यही व्यक्ति बनिरहु, जोसँग मेरो प्रेम भएको थियो । र, म पनि सदाको लागि हुनेछु ।’ मलिना जी जोडी त राम्रै सुहाएको छ है , प्रेमी देखाएर मात्र भएन क्या ? लगन पनि त जुराउने चाजो बाचो मिलाउनुप¥यो क्या ?
प्रतिक्रिया