अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना संक्रमण
बलिउड अभिनेता अमिताभ बच्चन सहित परिवारका सबै जनामा कोरोना संक्रमण देखिएको छ । हिजो राती अमिताभ बच्चनलाई कोरोना पुष्टि भएपछि हस्पिटल भर्ना भएका थिए । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो । जसमा अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । पहिलो रिपोर्ट नेगेटिभका ऐश्वर्या र आराध्याको दोस्रो रिपोर्ट पोजेटिभ आएको हो ।
ऐश्वर्या र आराध्या कोरोना पुष्टि भएलगत्तै उनीहरुलाई नानावती अस्पताल भर्ना गरिएको छ । बच्चन परिवारमा जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चनलाई भने होम क्वारेन्टाइनमा राखिएको छ । अमिताभ बच्चन र अभिषेक बच्चन दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।
प्रतिक्रिया