निर्देशक दीपालाई गाली नगर्न आफ्ना फ्यानसँग शिवको आग्रह

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले महानायक हो र ? भन्ने शब्दले नराम्ररी अफ्ठ्यारो पार्यो । उनलाई चौतर्फी गाली गलौजका शब्दहरु मात्र प्रहार भए । उनले आफुले गल्ती बोले भनेर माफी माग्दा पनि धर पाएकी छैनन् । उनलाई गाली गलौज आइरहेकाले गाली गलौज बन्द गर्न सबैसँग कलाकारहरुले अनुरोध गरिरहेका छन् ।

गायक शिव परियारले निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई गाली नगर्न आग्रह गरेका छन् । उनले आफ्ना फ्यानसँग विनम्र अनुरोध गर्दै दीपालाई गाली नगर्न आग्रह गरेका हुन् । गायक शिवले भने, ‘सिमाना नै बेचेको पनि होईन ,मान्छे मारेको पनि होईन । बलात्कार गरेको पनि होईन ,भ्रष्टचार गरेको पनि छैन । यदि गलत या सहि जे गरे पनि दीपा दिदीले अहिलेसम्म एउटै काम गर्नु भो ?’ भन्दै आफ्ना फ्यानलाई सम्झाएका छन् । ठुलै अपराध गरे जस्तो गाली नगर्न पनि उनको आग्रह छ ।

शिवले दीपाको प्रशंषा गर्दै भने, ‘हाम्रो थकित मनलाई अलिकति भएपनि हाँसो दिएर हँसाएर हामीलाई फ्रेस हुने र नयाँ सकारात्मक सोच्ने उर्जा दिनु दिएकी छन् । हामीलाई प्रफुल्लित बनाउने मान्छेप्रति यति खनिनु आवश्यक छ र ?’ उनले सबैलाई प्रश्न समेत गरेका छन् ।

उनले भने , ‘मान्छे हो कहिलेकाँही बोल्दा जिब्रो तलमाथि हुन्छ तर उहाँले भन्ने बित्तिकै हाम्रो प्रिय महानायकको सम्मान सखाप भएको पनि त हैन । माफि पनि माग्नु भइसक्यो । यति भएसी सक्किगोनि त । एउटा नारी कलाकारको पछि यसरी हुर्मत नै लिने गरि त नलागौं न साथीहरु ।’
पछिल्लो समय निर्देशक तथा दीपाश्री माथी भएको साइबर आक्रमणको चौतफी विरोध हुन थालेको छ ।

मेरो प्रीय फ्यानहरु सङ्ग सादर अनुरोध…! सिमानानै बेचेको पनि होईन ,मान्छे मारेको पनि होईन!बलात्कार गरेको पनि होईन…

Gepostet von Shiva Pariyar am Samstag, 11. Juli 2020