अमिताभ बच्चनलाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । उनले आफ्नो ट्वीटरमा मार्फत एक ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । उनी अहिले उपचारका लागि मुम्बईको नानावाती अस्पताल भर्ना भएका छन् । अमिताभ बचनले ट्वीटमा लेखेका छन्, ‘आज मलाई साँझ कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
अहिले अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’७७ वर्षका अभिताभले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया