महानायकको विषयमा दीपाश्रीलाई समर्थन गर्दै प्रियंकाका
अभिनेत्री प्रियंका कार्कीले महानायकको विषयमा आलोचित भएकी निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई साथ दिएकी छन् । केहि दिन देखि महानायकको विषयलाई लिएर निर्देशक दीपाश्री माथी भएको आलोचनाको प्रतिकार गर्दै विवादका बारेमा सबैको ध्यान आकर्षण गराएकी छन् । उनले सामाजिक सञ्जालमा मार्फत कसैको तर्क, भाव या बिचार आफुलाई चित्त नबुझे आवाज उठाउने अधिकार सबैमा सुरक्षित रहेको बताएकी छन् । चित्त नबुझेको कुरा राख्न पाइन्छ र दीपाश्रीको कुरालाई सकरात्मक तरिकाले लिइदिन अनुरोध गरेकी छन् ।
उनले भनेकी छन्, ‘दीपाश्री लगायत हामी सबै तपाईंहरुबाट सिक्न चाहन्छौ । तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाई हौसला दिनु हुन्छ , हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्यसैगरि, हामीबाट केही गल्ती भएमा हामीलाइ सच्याउने मौका दिनुहुने छ । हामीलाई सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाई छ । ’ उनले दर्शकले दिएको हरेक कुरालाई सकारात्मक तरिकाले लिने बताएकी छन् । दर्शकले दिएको सुझावलाई सम्मान गर्ने बताएकी छन् ।
अभिनेत्री प्रियंकाले सबै कुरा सच्याउन तयार रहेको बताएकी छन् । तर गल्ती सच्याउने क्रममा अश्लिल गाली, गलौच र चरित्र हत्या नगरिदिन आग्रह गरेकी छन् । पछिल्लो समय केहि मान्छेहरुले निर्देशक दीपाश्रीलाई सामाजिक सञ्जालमा हरेक गाली गर्दै आइरहेका छन् । कसैलाई अपाच्य हुने शब्द प्रयोग भइरहेको अवस्थामा अभिनेत्री प्रियंकाले गलत बोली र तर्कका कारण चरित्रमै दाग नलगाइदिन अनुरोध गरेकी छन् । उनले सबैलाई सम्झाउँदै भनेकी छन्, ‘हाम्रो आफन्त, आफ्नै छोरा छोरीले केही गल्ती गर्दा हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र ? गर्दैन्नौ नि ।’ भन्दै सबैलाई प्रश्न गरेकी छन् ।
हामीले जसरी आफन्तलाई सम्झाउँछौ त्यसरी नै हाम्रा देशका छोरी चेलीलाई सम्झाउन आग्रह गरेकी छन् । उनले सबै हामी मानिस भएका कारण यस्ता नकरात्मक कुराले मानसिक स्वास्थ पनि प्रभावित हुने हुँदा त्यस विषयमा सबैलाई ध्यान पुराइदिनुस अनुरोध गरेकी छन् । सबै भन्दा धेरै बोली चिप्लिने अभिनेत्रीमा प्रियंका कार्की अग्रस्थानमा आउने गर्छिन् ।
प्रतिक्रिया