सलमान खानसहित ८ जनाविरूद्ध दायर मुद्दा अदालतद्वारा खारेज
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्म हत्याको कारक बनेको भन्दै बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध परेको फौजदारी मुद्दा बिहार अदालतमा परेको थियो । अदालतले आज सबै मुद्धा खारेज गरिदिएको छ । एक वकिलले उनीहरू विरुद्ध असार पहिलो साता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका थिए ।
वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशका विरूद्ध मुद्दा हालेका थिए । हिजो प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीदेखि सुशान्तकी प्रेमिका मानिएकी अभिनेत्री रिया चक्रवर्तीलगायतलाई सोधपुछ गरिसकेको छ ।
प्रतिक्रिया