धेरै बर्ष भयो राम्ररी सुत्न सकेकी छैन : ज्योति मगर
गायिका ज्योती मगरले आफू विगत ५/७ वर्षदेखि राम्रोसँग सुत्न नसकेको बताएकी छन् । बलिउड कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरे यता आफूलाई सामाजिक संजालमा केही समस्या भए आफूलाई शेयर गर्न विभिन्न व्यक्तिले आग्रह गरेको उनले बताएकी छन् ।
तर, आफूसँग भन्ने कुरा धेरै भए पनि भन्न सकेको उनको भनाइ छ । ‘मलाई पनि धेरै कुरा भन्न मन छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिरहेको छैन कतै मेरो समस्या ‘शिल्पा पोख्रेल’ को कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ?’
5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन… अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आत्महत्या…
Gepostet von Jyoti Magar am Mittwoch, 8. Juli 2020
प्रतिक्रिया