दिदी बैनीलाई फेसबुकमा कमेन्ट नपढ्न आग्रह

निर्देशक तथा कलाकार दीपकराज गिरी पछिल्लो समय गाली खाने कलाकारका रुपमा चिनिएका छन् ।उनलाई ताली गर्ने भन्दा पनि गाली गर्नेको लर्को बढि रहेको छ । यस कारण उनले एक तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै हरेक गालीको उत्तर मुस्कान नै हो । उनले दिदी बहिनीहरूलाई कमेन्ट नपढ्न आग्रह पनि गरेका छन् ।

केहि समय देखि अश्लिल शब्दका गाली खाएर होला दीपकराज गिरी कमेन्ट देखि तर्सिएका छन् । उनले महिला दिदी बैनीहरुलाई कमेन्ट नपढ्न आग्रह गर्नुको उनको आशयले राम्रा शब्द भेटिदैनन् भन्न खोजेका पनि होलान् । राम्रो कुरा गरेको भएत दर्शकले गाली बजाउने नै थिएनन् नि ? ताली बजाइ हाल्थे नि हैन र दीपक जी ?