मधेसीलाई होच्याएको भन्दै हास्यकलाकार सन्दिप क्षेत्रीबिरुद्ध उजुरी
हाँस्यकलाकार सन्दिप क्षेत्रीबिरुद्ध पर्सा प्रहरीमा उजुरी परेको छ । उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम‘ह्वाट द फ्लप’ मार्फत मधेसी समुदायलाई होच्याउने, उडाउने र गालीगलोज गर्ने कार्य गरेको भन्दै जिल्लाप्रहरी कार्यालय, पर्सामाजाहेरी परेको हो । उनी विरुद्ध पर्सास्थित छिपहरमाईका अशोक कुमार कुशवाहाले जाहेरी दिएका हुन् ।
जाहेरीमा सन्दिपले मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गरेको आरोप लगाइएको छ । सन्दिपले कार्यक्रममार्फत मधेशी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र अमर्यादित कार्य गर्ने गरेको आरोप समेत लगाइएको छ ।
‘पहिला पनि हामीले बिरगंजको कार्यक्रममा भेट हुँदायस्तो खलल आउने खालका अभिनय नगर्न भनेर सम्झाएका थियौँ तर उहाँले मान्नु भएन,’मेरो फिल्मसँगको कुराकानीमा जाहेरीकर्ता अशोकले भने, ‘उहाँले मधेशी महिलाहरुलाई होच्याएका शब्दहरु प्रयोग गर्नुभयो । महिला पुरुष बराबर हुन् भन्ने सन्देश भन्दा पनि दरार आउने किसिमको मजाक गर्नुभयो । त्यसैले सचेत गराउन प्रहरीमा उजुरी दिएका हौँ । नेपाली सबै एकै हौँ तर मधेशी पहाडी भनेर होच्याएको अलिक ठिक लागेन ।
उजुरीकर्ता अशोकका अनुसार उजुरी पत्र हुलाकमार्फत धेरैतिर पठाइएको छ । यस विषयमा सन्दिपले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, अनुहारमा कालो मोसो दलेर मिठाइलाल ज्यादबको चरित्र निर्वाह गर्दा नै उनीमाथि रंगभेदको आरोप लाग्ने गरेको थियो ।
प्रतिक्रिया