‘कमेडी च्याम्पियन २ ’ को तयारी , कान्तिपुर टेलिभजनले सहकार्य गर्ने सहमती

‘कमेडी च्याम्पियन सिजन दुइ पनि आउने भएको छ । हिजो कमेडी च्याम्पियनका निर्देशक बिहाल भण्डारी र कान्तिपुर टेलिभजनले सहकार्य गर्ने सहमती भएको छ । सोमबार कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसी र रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा बीच ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारण गरिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अव दर्शकले कान्तिपुर टेलिभिजनबाट ५ बर्षसम्म कमेडी च्याम्पियन हेर्न पाउने भएका छन् ।

यसअघि ’कमेडी च्याम्पियन’ले कान्तिपुर टेलिभिजनमा समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण कान्तिपुर टिभीले नै गर्ने भएको छ । ’सिजन वान हामीले धेरै आरोह(अवरोहबीच सक्कायौं । त्यतिबेला आउट सोर्सिङ कार्यक्रम थियो भने अब त हामीले हात मिलाएका छौं । दुई कम्पनी मिलेर अझै बृहत कार्यक्रम बनाउने तयारी छ,’ सोका निर्देशक भण्डारीले भने ।कर्यक्रम भने कोरोना त्रास र लकडाउनको अवस्था हेरेर सुरुवात गरिने निर्माण पक्षले जनाएको छ ।