अभिनेता सुशान्त आत्महत्या प्रकरणमा निर्देशक भन्सालीसँग ४ घण्टा सोधपुछ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा झन् जटिल बन्दै गइरहेको छ । मुम्बई प्रहरीले बलिउडका निर्माता तथा निर्देशकसँग सोधपुछ गर्न थालेको छ । मुम्बई प्रहरीले निर्माता तथा निर्देशक संजय लीला भन्सालीसँग ४ घण्टा सोधपुछ गरेको छ ।

भन्सालीसँग मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालयमा ३ घण्टा सोधपुछ गरेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई त्यस पश्चात सान्ताक्रुज प्रहरी कार्यालयले १ घण्टा सोधपुछ गरेका छ ।

भन्सालीले प्रहरीसमक्षको बयानमा आफुले सुशान्तसँग सन् २०१६ मा पहिलो पटक कुरा गरेको तर त्यस पछि कहिल्यै दोहो¥याएर कुरा नगरेको बताएका छन् । आफुलाई सुशान्तको ’डिप्रेसन’का बारेमा केहि पनि थाहा नभएको बयान प्रहरीसमक्ष दिएका छन् ।

भन्सालीले ‘राम लीला’ र ’बाजीराव मस्तानी’बाट सुशान्तलाई निकालेको आरोप लाग्दै आएको थियो । तर यस विषयमा भन्साली सुशान्तलाई ननिकालेको बयानमा भनेका छन् । सुशान्त त्यतिबेला यसराज फिल्मस्को ’पानी’ सिनेमामा काम गरिरहेकाले उनको ध्यान त्यता रहेको बताएका छन् ।
त्यो बेलामा दुइ ठुला ब्यानरका फिल्ममा काम गर्न अस्वीकार गरको भन्सालकिो भनाई छ । त्यस्तै आत्महत्या प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्ती र उनको अन्तिम सिनेमा ’दिल बेचारा’मा काम गरेकी संजनासँग प्रहरीले सोधपुछ गरिसकेको छ ।अभिनेता सुशान्तले १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा पासो लगाइ आत्महत्या गरेका थिए ।

उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन । सुशान्त आत्महत्या किन र कसरी भयो भन्दै उनका फ्यान तथा थुप्रै बलिउडकर्मीले सिबिआई जाँचको माग गर्दै आएका छन् । अभिनेता सुशान्तले १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा पासो लगाइ आत्महत्या गरेका थिए ।