दीपालाई जोगाउँदा ‘महानायक बने दीपकराज गिरी’
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले प्राइभ टेलिभिजनको ‘रजतपट अंकल’मा महानायक राजेश हमाल होइन भन्ने अभिव्यती दिएपछि चौतफी आलोचना खेपेकी थिइन । उनको यो अभिव्यत्तीका कारण महानायक भनेको दीपकराज गिरी होला हैन भन्दै थुप्रै ट्रोल बने भने टिकटकमा पनि ‘महानायक दीपकराज गिरी भन्दा कस्तो सुनिन्छ ?’ भनेर थुप्रै ट्रोल बने । दीपकराज गिरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफूलाई ‘महानायक’ को पदवी भिराइएको बारे दीपकराजले आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले आफुलाई कहिले महानायक बन्न रहर नलागेको बताए ।
उनले लेखेका छन् , ‘जबदेखि कलाकार भएँ, हरिदाई, मदनदाई र सन्तोष दाई जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन ।’ उनले दीपाश्रीलाई बचाउ गर्दा दर्शकले महानायक बन्न कति नसुहाउने भन्दै उडाएका थिए । उनले आफ्नो गल्ती विना नै जबरजस्ती रुपमा महानायक बनाउनेहरूलाई धन्यवाद भनेका छन् । उनले असत्यलाई चिच्याइ चिच्याइ भिड जम्मा गरिरहेका हुन्छन् भन्दै आफू सत्य भएकाले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो हुने उल्लेख गरेका छन् । केहि दिन अगाडी फेसबुकबाट सहकर्मीको बचाउ गरेका थिए ।
प्रतिक्रिया