पशुपति र सम्झनाको आयो ‘लोभी दाई ’

नेपाली लोक तथा दोहोरी गीतमा भिन्न खाल्का गीत गाएर चर्चा आउने गायक हुन, पशुपति शर्मा । उनलाई ‘क्याम्पस पढ्न आउने, मलाई अमेरिका यहि, लुट्न सके लुट कान्छा, ढाड दुखेर मार्याे’ जस्ता सन्देश मुलक गीतले एकाएक दर्शकमाझ लोकप्रिय बनायो । उनले गाएको गीत ‘लुट्न सके लुट’ले त बजार मात्र तताएन सरकारलाई नै तर्साएको थियो ।

बर्षेनी तीजका गीत बजारमा ल्याउने गायक पशुपति शर्माले आज नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्मा र गायिका सम्झना भण्डारीको सुमधुर स्वरमा ‘लोभी दाई’ बोलको तीज गीत युट्युबमा सार्वजनिक भएको हो । सन्देश मुलक गीत दर्शकमाझ लिएर आउने गायक शर्माले यस पटकको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ’ लाई धेरै फाइदा पुगेको छ भन्न खोजेको छ ।

आफ्ना गीतमा प्राय आफै अभिनय गर्ने गायक शर्माले यस गीतमा पनि उनैले अभिनय गरेका छन् । भिडियोमा शर्मालाई गायिका भण्डारीले अभिनयमा साथ दिएकी छन् । भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायांकन छ भने नविन घर्ती मगरको सम्पादन छ ।