सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा नलाग्न कलाकार संघको आग्रह, वार्ताबाट समाधान गर्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा कलकारहरू आरोप पत्यारोपमा उत्रिएपछि हिजो नेपाल चलचित्र कलाकार संघले विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएको छ । हिजो साँझ संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा देखिएको विवाद संघमा आएर समाधान गर्नुपर्नेमा जोड दिएको छ । जारी विज्ञप्तीमा ‘केही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सम्बन्धमा विभिन्न कुराहरू आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाप्रति चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ’ भनिएको छ ।
‘लकडाउनका कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरू छन् भने संघलाई जानकारी गराउनुहोस् । हामी समाधान तर्फ क्रियाशिल रहन्छौं ।’ कलाकारहरूको आपसी विवाद र आक्षेप संदर्भमा पनि संघले सबै कलाकारहरूसँग सम्पर्क गरेको समेत संघका अध्यक्ष रबिन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले स्थापना कालदेखि नै कलाकारकहरूको उत्थान, हित र चलचित्रको प्रवर्धनमा क्रियाशिल जानकारी दिदै संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई सामाधान गर्दै आएको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया