गायक अनिल सिंह एक्कासी किन भए आक्रोशित ?
गायक अनिल सिंह एक्कासी आक्राशित हुदैँ फेसबुक लाइभमा आएर आक्रोशित भएका छन् । उनी पाँच ,६ बर्ष अगाडिको कुरालाई लिएर आक्रोशित भएका हुन् । गायक सिंहले आफुले पाँच–६ वर्षअघि आयोजित एक कार्यक्रमबाट आफुलाई अहिलेसम्म पारिश्रमिक नदिएको आरोप लगाएका छन् । उनले पारिश्रमिक यतिन्जेलसम्म नपाएको र आफुलाई ति आयोजक हुँ भन्नेले पटक पटक ठगेको बताएका छन् । आफ्नो पारिश्रमिक तोक्न पाउने अधिकार व्यक्तिगत भएको बताउँदै, आयोजक या कुनै व्यक्ति विशेषले अर्काको पारिश्रमिक निर्धारण गर्ने अधिकार नभएको बताएका छन् ।
आक्रोशित रुपमा प्रस्तुत भएका अनिल पारिश्रमिक माग्दा आफूविरुद्ध लागे आफु नडराउने भन्दै आक्रोश पोखेका छन् । ४० मिनेटको फेसबुक लाइभमा कुन ठाउँ, गाउँ या यो आयोजकले भनेर नाम तोकेका छैनन् । उनले भने , ‘ पाँच –छ बर्ष अगाडिको कुरा हो । एक गाउँमा मलाई कार्यक्रमका लागि निमन्त्रणा दिइएको थियो । थोरै पारिश्रमिकमा काम भएपनि कार्यक्रममा सहभागी भइदिन आग्रह गरेकाले मैले थोरै पारिश्रमिकमै कार्यक्रममा सहभागी भए ।’
उनले त्यस कार्यक्रम सकिएको केहि समय पछि त्यहि गाउँका अर्का एकजनाले आफु नै आयोजक भएको भन्दै उनलाई दोस्रो पटक पनि कार्यक्रममा सहभागी भइदिन आग्रह गरे । उनले कार्यक्रममा सहभागी जनाए । पारिश्रमिक दिने बेलामा भने ति मै हुँ आयोजक भन्ने भाईले पारिश्रमिकमा अनकनाई गरे । आयोजक हुँ भन्ने भाइसँग कार्यक्रमपछि पारिश्रमिकको कुरा नमिलेपछि कार्यक्रमको भोलिपल्ट पूरा पैसा दिने सर्तमा गायक अनिल काठमाडौँ फर्किए ।
तर आयोजकको मान्छे भन्ने भाई निकै समय हरायो र विस्तारै अनिलको सम्पर्क आयो । अनिल एक रेस्टुरेन्टमा पर्फमेन्सका लागि सामेल भएको बेला ति भाई पनि भेटिए । त्यहाँ उनले पैसा माग्ने कुरै भएन । अनिलालाई त्यो भाईले पैसा देला भन्ने लागेको थियो तर उसले त उल्टै ३८ हजार बिल बनाएर दाई रेस्टुरेन्टको विल तिर्न सकिन ८–१० हजार कति छ, दिनु न भनेर माग्यो । अनिलले भने, ‘आठ दश हजार होला ठिकै छ भनेर उनीहरूको रेस्टुरेन्टको ज्याकट बसेको बाइक छुटाइदिए तर त्यहाँ उसले खाएको ३८ हजार रहेछ । अर्का एक कलाकार साथी र ब्यान्डका सदस्यको गरी बिल करिब एक लाख पुगेको रहेछ ।
इज्जतका खातिर भएपनि एक लाख तिर्न बाध्य भए तर भोली आउँछु भनेको मान्छे अहिलेसम्म पैसा लिएर आएको छैन ।’ अनिलले फेरि थपे ,‘त्यो भाईले एकजना चिनेको भाइको पसलबाट मेरै नामबाट दुईवटा मोबाइल लगेको रहेछ’ । मोवाइल लगेपछि त्यो भाईले अहिले सबै कुराबाट ब्लक गरेको छ । लाइभमा आक्रोशित रुपमा प्रस्तुत भएका अनिलले त्यो भाई सम्पर्कमा नआएको खण्डमा र पैसा नतिरेमा प्रहरीमा उजुरी दिन लागेको बताएका छन् ।
अनिलले त्यो भाईले आफूलाई फेसबुकमा तनाव दिइएको र आफूमाथि हमला गर्न खोजिएको बताएका छन् । उनले फेसबुक लाइभबाटै पहिलो कार्यक्रमको नभए पनि दोस्रो कार्यक्रमको पारिश्रमिक पठाउनुहोस् भन्दै आग्रह गरेका छन् । उनले त्यो गाउँका सबैजना म विरुद्ध खनिएको होकी भन्दै आफूविरुद्ध गाउँ नै उर्लिएर आए पनि नडराउने बताएका छन् । उनले भनेका छन्, ‘पाँचसय जना नै आउ, पूरा गाउँ नै आउ । कोही पनि टोले गुण्डासँग डराउने चान्स नै छैन ।’
प्रतिक्रिया