भारतीय कोरियोग्राफर सरोज खानको निधन

भारतीय नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ । गत महिना हृदयघात भएपछि उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो।

७२ बर्षिया उनलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन् । बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन् ।
यो पनि हेर्नुहोस :
https://www.merofilm.com/saroj-khan-about-work/