साम्राज्ञीले भनिन्,‘ अव कानुनी परामर्श लिन्छु ’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्ना आफुले भोकेको कुरा पोखेपछि त्यसको जवाफ दिदै आएकी छन् । उनले गत शुक्रबार देखि आफु दुव्यवहारमा परेको कुरा सामाजिक सञ्जालमा राखेकी थिइन र त्यहाँ आएको केहि कमेन्टको उनले आज उत्तर दिएकी छन् । उनले आफुलाई दुव्र्यवहारको कुरा यतिका समय किन नभनेको भन्नेको जवाफ दिदैँ भनिन्, ‘म पागल छु , यति ढिलो बोल्न ।’ त्यो बेला आफुलाई कसैले पनि बोल्न नदिएको बताएकी छन् । बोल्न खोज्दा धेरैले आफुलाई यसबारे नबोल्न आग्रह गरेको बताएकी छन् ।

आफुले यस विषयमा चाँडै नै कानुनी सल्लाह लिने सोचमा बनाएको बताएकी छन् । उनले अरुलाई पनि अन्याय सहेर नबस्न सल्लाह आग्रह गरेकी छन् । साम्राज्ञीले आफूमाथिको दुव्र्यवहारको बारे बोल्न खोज्दा धेरैले रोकेको बताएकी छन् ।  उनले भनिन् ,‘सही कुरा बोल्दा यहाँ पावर र पोलिटिक्सले नराम्रो बनाइदो रहेछ । ममीले मलाई यि कुरा ननिकाल्न आग्रह गर्नुभयो ।’

उनले आमाले भनेका कुरा झल् झली आएको बताएकी छन् । उनले अतित सम्झँदै भनिन्, ‘मेरो मामुले यत्रो दुःख गरेर नाम कमाइस् । आफ्नो खुट्टामा उभिसकेको छस् । यति ठूलो निर्णय लिइसकेपछि किन तल झर्छस् भनेर सम्झाउनु भयो । त्यस कारण आफु पुनः फिल्म गर्न थालेको हुँ ।’ उनले केहि फिल्ममा अभिनय गरेपछि राम्रा मान्छे भेटेको बताएकी छन् । शिशिर राणा, आर्यन सिग्देल, पुनम क्षेत्री गौतमले उनको आँखा खोलिदिएको उनले बताइन् । फिल्म क्षेत्रमा नराम्रो मात्र होइन । राम्रा मान्छे पनि छन् भन्ने कुरा आफुलाई लागेको बताएकी छन् । त्यस कारण फिल्ममा लाग्न आफुमा आशा पलाएको भनेकी छन् ।