प्रदीप खड्का र सन्तोष सेन फेवाताल सफाईमा
नयाँ फिल्मका लागि लोकेशन हेर्न निस्किएका फिल्म ‘प्रेमगित ३ ’ टिम अहिले पोखराको फेवाताल सरसफाइृमा लागेका छन् । य िफिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अलवा अभिनेता प्रदिप खडकाले आज फेवाताल सफाइ गरेका हुन् । केहिदिन अगाडी फिल्मका लागि लोकेसन हेर्न उनीहरु स्याङ्जाको भालुपडा भन्ने ठाउँमा पुगेका थिए ।
नयाँ फिल्मको तयारीमा लागेकी निर्देशक सन्तोष र प्रदीप खड्का लोकेशन हेर्न निस्केका हुन् । उनीहरु ठाउँ ठाउँमा पुगेर ठाउँको चिनारी गराइरहेका छन् । फेवाताल सरसफाई गर्दै सन्तोषले भने,‘नकरात्मक कुरालाई आरोप पत्यारोप गरेर आफ्नो दिमाखलाई गलत दिशातिर डो¥याउनु भन्दा कुनै सकरात्मक काममा संलग्न भएर आफुलाई व्यस्त बनाउनुस् ।’ भन्दै सबैलाई सल्लाह दिएका छन् ।
फेवाताल सफाइमा ‘प्रेमगीत ३’का टीमलाई सरसफाईमा सामाजिक अभियन्ता एव कार्यकारी निर्माता चक्र बहादुर चन्दले सघाएका छन् ।
अहिले पश्चिम क्षेत्रका बिभिन्न स्थानमा गएर सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । गत सातामात्रै चितवनको देवघाट क्षेत्रमा पुगेर बृक्षारोपण गरेका थिए ।
प्रतिक्रिया