पारिश्रमिक नपाउँदा तनावमा सुगम पोखरेल

साँस्कृतिक कार्यक्रमका लागि देश विदेशका कार्यक्रम गरेको पैसा नपाएको गुनासो आउन थालेछ । केहि दिन अगाडी आफुले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको र निर्माता निर्देशकलाई ढोग्नु परेको कुरा अभिनेता पल शाहले गरे लगत्तै गायक सुगम पोखरेलले आफ्नो दुखेसो पोखेका छन् ।

गायक सुगम पोख्रेलले देश विदेशमा भएको कार्यक्रमको पैसा एक बर्षसम्म हुँदा नि आयोजकले नदिएको गुनासो गरेका छन् । उनले आधिकारिक फेसबुकमार्फत एक स्टाटस लेख्दै, ‘ आफुलाई गतबर्षदेखि अहिलेसम्म धेरै आयोजकबाट पारिश्रमिक लिनुपर्ने छ तर कसैले दिएका छैनन् । ’ पारिश्रमिक माग्दा बर्षौसम्म नदिइ झुलाइहेको बताएका छन् । जसका कारण आफु अति भएर स्टाटस लेख्न बाध्य भएको बताएका छन् ।

उनले एक दिन भित्रमा यसको समाधान नभए तस्वीर सहित आयोजक टिमको नाम सार्वजनिक गर्ने चेतवानी दिएका छन् । उनले थप लेखेका छन् , ‘मेरो सहनशिलतालाई कमजोरी ठान्ने भुल गर्नुभयो कि यहाँहरुले जस्तो लाग्यो । त्यसैले सम्झौतापत्र र प्रमाण अनुसार कानुनी उपचारको बाटो त छँदैछ ।’ अन्तमा लेखेका छन् ,पुनःस्च कोरोना या अरु केहि कारण कृपया प्रस्तुत नगर्नुहोला , किनकी यी सबै कार्यक्रम ७ महिना देखी १ बर्ष अगाडि सम्पन्न भएका हुन् । धन्यवाद ।’

गायक सुगमले पैसा माग्दा माग्दा हैरान भएको देखिन्छ । उनले हात जोड्दा जोड्दा हैरान भएपछि स्टाटस लेखेको बताएका छन् । क कसले पैसा नदिएको हो अर्थात झुलाएको हो त्योचाही खुलाएका छैनन् ।  देश विदेशमा हुने कार्यक्रममा गएका कलाकारहरुले पारिश्रमिक नपाएको गुनासो बारम्बार सुन्दै आइरहेको कुरा हो । यस्ता धेरै घटनाहरु रहेका छन् । सुगम एक प्रतिनिधि पात्र मात्र हुन् ।